यौनिक अल्पसङ्ख्यकको चिन्ता भने यस्तो छ
जेठ २६ – लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले आफ्नो पहिचान र अस्तित्व सुनिश्चित हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
जिल्ला विकास समिति सप्तरीको सहयोगमा सहयोगी समाजद्वारा राजविराजमा आयोजित सचेतीकरण अभिमुखीकरण कार्यक्रममा यौनिक अल्पसङ्ख्यकहरूले यस्तो दुःख व्यक्त गरेका हुन् ।
‘तेस्रो–लिङ्गी व्यक्तिको पहिचान खुल्ने गरी नेपाली नागरिकता प्रदान गरियोस्’ भनी सर्वोच्च अदालतबाट चार वर्ष अघि भएको आदेश कार्यान्वयन हुन नसकेकामा रोष प्रकट गर्दै उनीहरूले संविधानसभाबाट राखेको अपेक्षा पूरा नभई भङ्ग भएकोमा चिन्ता जनाए ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार संरक्षण र सम्बद्र्धनमा सरकार र सरोकारवालाको भूमिका बारेमा यौनिक अल्पसङ्ख्यक मानवअधिकार रक्षक सुमन तामाङले जानकारी गराउनुभएको थियो ।
सहयोगी समाजका परियोेजना अधिकृत देवानन्द चौधरीले तेस्रो–लिङ्गी र समलिङ्गीहरूले पारिवारिक बहिष्कार, सम्पत्ति र रोजगारीबाट बञ्चित, घरगाउँबाट निकालाजस्ता पीडा भोग्दै आउनुपरेको दुखेसो पोख्दै मित्रवत व्यवहारका लागि सबैसँग आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा यस समुदायका व्यक्तिहरूले भोगेका समस्याहरूको बारेमा वृतचित्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी, अधिकारकर्मी, समाजसेवी, कानुन व्यवसायी, गैससकर्मी, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति:
June 09, 2012