चुनाव भयो भने चुनावबाटै राजालाई नारायणहिटी ल्याउँछौं : थापा
२७ जेठ, काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडकबाट नयाँ शक्तिको उदय भएको घोषणा गरेका छन् ।

पूर्व राजा ज्ञानेन्द्रलाई केही दिन पर्खन आग्रह गर्दै थापाले भने ’चुनाव भयो भने चुनावबाटै नागार्जुनबाट नारायणहिटी ल्याउँछौं ।
जनतामा जान दिइएन भने सडकबाटै लाखौं जनता नागार्जुन गएर राजालाई नारायणहिटीमा पुनःस्थापना गर्नेछन् ।’ चुवानी सरकार गठन गरेर नयाँ निर्वाचनमा जान आफूहरु तयार रहेको भन्दै चुनाव नगर्ने हो भने २०४७ सालको संविधान पुनःस्थापना गर्न थापाले माग गरे ।
चुवान पनि नगर्ने र ४७ सालको संविधान पुनःस्थापना नगर्ने हो भने सडकबाटै ४७ सालको संविधानलाई पुनःस्थापना गर्ने उनको दावी थियो ।
प्रकाशित मिति:
June 09, 2012