युरोकपमा समर्थकहरुबीच हानाहान,दर्जन घाइते
जेठ ३१ - जारी युरोकपमा पोल्यान्ड र रुसबिच खेल सुरु हुनुअघि उनीहरुका समर्थकबीच हानाहान समेत भएको छ ।
खेल सुरु हुनु अगावै विवाद बढेपछि त्यहाँ झडपको स्थिति सिर्जना भएको हो । झडपमा १० जना घाइते भएका छन्। घाइते हुनेमा सात पोल्यान्डका, दुई रुसी र एक जर्मन छन्।
पोल्यान्डका फुटबल समर्थकहरुले रुसीहरुमाथि आक्रमण गरेपछि उनीहरुले पनि प्रतिकार गरेका थिए। उनीहरुबीच त्यहाँ केही समयसम्म दुवैपक्षबीच हानाहानको स्थिति मच्चिएको थियो ।
पाँच हजार रुसी फ्यानले उनीहरुको देशको झण्डा फहराउँदै स्टेडियमतर्फ मार्च गरेपछि पोल्यान्डबासीहरु क्रुद्ध भएका थिए। सोही विषयले झडप निम्तिएको हो ।
झडपका क्रममा स्टेडियम बाहिरै पनि पोल्यान्ड र रुसका फ्यानहरु झगडा गरिरहेका र ढुंगा हानिरहेको बताइएको छ । भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।
खेल सुरु हुनु अगावै विवाद बढेपछि त्यहाँ झडपको स्थिति सिर्जना भएको हो । झडपमा १० जना घाइते भएका छन्। घाइते हुनेमा सात पोल्यान्डका, दुई रुसी र एक जर्मन छन्।
पाँच हजार रुसी फ्यानले उनीहरुको देशको झण्डा फहराउँदै स्टेडियमतर्फ मार्च गरेपछि पोल्यान्डबासीहरु क्रुद्ध भएका थिए। सोही विषयले झडप निम्तिएको हो ।
झडपका क्रममा स्टेडियम बाहिरै पनि पोल्यान्ड र रुसका फ्यानहरु झगडा गरिरहेका र ढुंगा हानिरहेको बताइएको छ । भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।
प्रकाशित मिति:
June 13, 2012