प्रहरीले दमन गरेको विरोधमा विपक्षी विद्यार्थीको चक्काजाम
असार ४ – नेपाल विद्यार्थी सङ्घले प्रहरी हस्पतक्षेपविरुद्ध आज चक्काजाम गरेको छ । आफ्ना विद्यार्थी नेताहरूमाथि प्रहरी दमन भएको भन्दै सत्ताको विपक्षमा रहेको कांग्रेस समर्थक नेविसंघले आज विभिन्न क्याम्पस अगाडी एक घन्टा चक्काजाम गरेको हो ।
नेविसङ्घले काठमाडौँ उपत्यकाका रत्नराज्यलक्ष्मी क्याम्पस, शङ्करदेव क्याम्पस, वाल्मीकि क्याम्पसलगायतका देशैभरिका सबै क्याम्पस ढोका अगाडि बिहान ९ देखि १० बजेसम्म चक्काजाम गरेको थियो ।
हिजो साँझ राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने, कामचलाउ सरकारका प्रधानमन्त्री विदेश भ्रमण जान नहुने भन्दै मसाल जुलुस प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच मुठभेड हुँदा ७० जना विद्यार्थी नेता घाइते भएका थिए ।
प्रकाशित मिति:
June 18, 2012