विपक्षीहरुको विरोध सभामा के भयो र कसले के के भने ? (भिडियोसहित)
जेठ २६ – सरकारलाई ढालेरै छाड्ने र माओवादीलाई सहमतिमा ल्याउने भन्दै आज चाँही ट्रेलरको रुपमा कांग्रेस एमालेले गरेको विरोधसभामा मानिस भने अलिक कमै देखिन्थे ।
विभिन्न २२ दलद्वारा आयोजित विरोध सभा उनीहरुले २ लाख जनता उतार्ने भने पनि ५० हजार पुर्याउन गाह्रो पुगेको थियो ।
सोही कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगत चार वर्षमा एमाओवादीको सत्तालिप्सा र उसको बन्दुकको धम्कीकै कारण संविधान नबनेको बताए ।
उनले विगत चार वर्षमा एमाओवादीको नियत जसरी भए पनि संविधान बनाउन नदिने षडयन्त्र गरिरहेको थियो भन्दै यस्तो नियतले सबैलाई धोका दिएको बताए ।
नेपाली काँग्रेस र नेकपा (एमाले) सङ्घीयताविरोधी पार्टी नभएको स्पष्ट पार्दै वरिष्ठ नेता नेपालले एमओवादी पार्टी ‘धुन्धुकारी’ पार्टी बनेको आरोप लगाए ।
उसले सत्ताका लागि जातीय द्वन्द्वमा देशलाई फसाउने सपना देखेको उनले बताए ।
नेका र एमालेले विगतमा गरेका गल्तीको फाइदा उठाएर एमाओवादीले पटकपटक अवसरवादी चरित्र देखाएको भन्दै राजनीतिक सङ्कट समाधानका लागि केही विकल्पहरू प्रस्तुत गरे । ती विकल्पहरूमा संविधानसभाको पुनःस्थापना, आयोग निर्माण रहेका छन् ।
नेकाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान जारी गर्न संविधानमा रहने निर्वाचन प्रणाली, न्यायप्रणाली लगायतका अधिकांश कुरामा सहमति भैसकेका थिए तर माओवादीले एकएक बखेडा झिकेर जातीयताको कुरा ल्याएर संविधान बन्न नदिएको हो भने ।
नेता देउवाले माओवादीले जातीयताको कुरा उठाएर नेपाली नेपालीमा सद्भाव विथोल्न लागेको आरोप लगाए ।
नेकपा (एमाले) मा नेता केपी ओलीले एमाओवादीको सत्तालिप्सा र सत्ता कब्जा गर्ने नियतका कारण देशले अहिले राजनैतिक अन्यौल भोग्नुपरेको भन्दै राजनीतिक सङ्कट उत्पन्न गरेर माओवादीले जातीय विचलन ल्याउन खोजेको आरोप लगाए ।
प्रधानमन्त्री डा भट्टराईले चुनाव गर्न चुनावको घोषणा नगरी झुक्याउन र सत्ताकब्जा गर्ने नियतले गरेको र यस षडयन्त्रलाई सफल हुन नदिने उदघोष गरे ।
पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले सत्तालिप्सा र सत्ता प्राप्तिको भ¥याङ् बनाउन विरोधसभा आयोजना नगरिएको स्पष्ट पार्दै एमाओवादीको सर्वसत्तावादी चरित्रलाई उदाङ्गो बनाउन विरोध सभामा उत्रिनु परेको उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले संविधानसभाबाट संविधान जारी हुनुपर्छ भन्ने एउटा शक्ति र संविधानसभाबाट एकतर्फीरूपमा आफूले चाहेजस्तो संविधान जारी हुनुपर्छ भन्ने अर्काे शक्तिको लडाइँमा परेर संविधानसभाको अवसान हुन पुगेको धारणा राखे ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सरकारले असंवैधानिक रूपमा निर्वाचनको मिति घोषणा गरेको भन्दै निर्वाचनभन्दा अर्को विकल्पमा जानुपर्छ भने ।
हेर्नुहोस भिडियो

प्रकाशित मिति:
June 09, 2012