विदेशीका कारण संविधान आएन : कोइराला
जेठ २८ - नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विदेशी शक्तिको चलखेलका कारण नेपालमासंविधान बन्न नसकेको दाबी गरेका छन् ।
न्यु नेपाल रिसर्च सेन्टरले आज राजधानीमा गरेको एक कार्यक्रममा उनले विदेशीको चलखेलका कारण संविधानसभाको विघटन भएको र संविधान पनि बन्न नसकेको बताए ।
अन्तरक्रियामा उनले नेपालमा नेता भएपनि राजनेताको कमीका कारण मुलुकले समस्या भोग्नु परेको उल्लेख गरे ।
अब पनि संविधानसभाको निर्वाचन गरिएमा त्यसले देशमा जातीय द्धन्द्ध निम्तिने हुंदा त्यतातिर जान ठिक नहुने उनले बताए ।

प्रकाशित मिति:
June 10, 2012