आज भने यसरी विवादमा आए तवस्वी बम्जन
जेठ ३० – बुद्धको तपस्वी भनिएका रामबहादुर बम्जन अलिक उपद्रो–उपद्रो काम गरेर चर्चा आईरहन्छन् ।
ती नै बम्जनले धर्म सङ्घको नामबाट नागरिकता नपाएको विरोधमा मङ्गलबार पथलैया निजगढ सडकखण्डको पसाहा पुलमा सडक अवरुद्ध गरेको विरोधमा स्थानीय बासिन्दा उत्रेपछि केहीबेर झडप भयो ।
बिहान ७:३० बजेदेखि लौरोसहित हतियार लिएर सडक बन्दमा उत्रेका बम्जनका कार्यकर्ताले धर्मसङ्घको नाममा नागरिकता पाउनुपर्ने दाबी गर्दै सञ्चारकर्मीलाई कारबाही गर्ने धम्की दिँदै नाराबाजी गरेका थिए ।
स्थानीय बासिन्दाले एक व्यक्तिका लागि सडक बन्द गर्दा सारा संसारले दुःख पाएको भन्दै तीन घन्टापछि प्रतिकारमा उत्रेपछि दोहोरो झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले तीन राउन्ड हवाई फायरसमेत गरेर भीडलाई तितरवितर गरेको थियो ।
झडपका क्रममा दुवै पक्षबाट करिब एक दर्जन प्रहरी र डेढ दर्जन मानिस घाइते भएका छन् । घाइते हुनेहरूमा कालुमान दोङ, लक्ष्मी लोप्चन, पाल्देन बम्जन, रामकुमार थिङ र प्रहरीतर्फ सहायक प्रहरी निरीक्षक वैजनाथ यादव, रामनारायण यादवलगायत छन् । घाइतेहरूको उपचार नारायणी अस्पताल वीरगन्जमा भइरहेको प्रहरीले जनाएको छ ।
प्रशासनले बम्जनलाई नाम तथा थर परिवर्तन गरी धर्म सङ्घ गुरुको नामबाट नागरिकता र रातो पासपोर्ट दिनुपर्ने भन्दै गत शनिबार पनि सडक जाम गरेकामा जिल्ला प्रशासन कार्यालय कलैयामा वार्ताबाट समस्या समाधान गर्ने सहमति भए पनि बम्जनले आफूलाई तपस्या स्थलमा नै गएर प्रमुख जिल्ला अधिकारीले सङ्घको नाममा नागरिकता दिनुपर्ने माग राख्दै आज फेरि सडक अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति:
June 12, 2012