सिरियामा १ सय भन्दा बढीको ज्यान गयो I
चौध महिनाभन्दा बढी समयदेखि हिंसाको सामना गर्दै आएको सिरियामा हिजो फेरि १ सयको ज्यान गएको छ ।
सिरियाको अल हेफा सहरमा गरिएको हेलिकोप्टर आक्रमणमा परी एक १ जना सिरियालीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सिरियाका विद्रोहीहरुको पकड मानिएको सो सहरमा सरकारी सेनाले नै हेलिकोप्टरबाट आक्रमण गरिएको जनाइएको छ ।
सो आक्रमणमा अरुपनि कैयौं सर्वसाधारण घाइते भएको पनि बताइएको छ ।
हालै नियुक्त भएका सिरियाली प्रतिपक्षी नेताले सिरियाली राष्ट्रपति बसार अल असादलाई जतिसक्यो चाँडो सत्ता छोड्न गरेको आग्रहलगत्तै यो नरसंहार भएको बताइएको छ ।
सिरियाको अल हेफा सहरमा गरिएको हेलिकोप्टर आक्रमणमा परी एक १ जना सिरियालीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सिरियाका विद्रोहीहरुको पकड मानिएको सो सहरमा सरकारी सेनाले नै हेलिकोप्टरबाट आक्रमण गरिएको जनाइएको छ ।
हालै नियुक्त भएका सिरियाली प्रतिपक्षी नेताले सिरियाली राष्ट्रपति बसार अल असादलाई जतिसक्यो चाँडो सत्ता छोड्न गरेको आग्रहलगत्तै यो नरसंहार भएको बताइएको छ ।
प्रकाशित मिति:
June 12, 2012