साउन २३ – के तपाई दिउँसो अफिस समयमा सिंहदरबार भित्र काम गर्ने कर्मचारी या अरु कोही व्यक्तिसँग फेसबुकमा कुरा गर्ने गर्नु भएको छ । त्यसो भए अब तपाईले च्याट गर्न सक्नुहुने छैन ।
कार्यालय सुरु हुनासाथ कर्मचारीहरु फेसबुकमा च्याट गरेर बस्ने अनि सेवाग्राहीको कामै अवरुछ हुन थालेपछि सिंहदरबारमा फेसबुक नै बन्द गरिएको हो ।
सिंहदरबारमा वितरित इन्टरनेट नियन्त्रण गर्ने अर्थ मन्त्रालयले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सिंहदरबारस्थित मन्त्रालयका कम्प्युटरमा फेसबुक नचल्ने बनाएको हो ।
अर्थमन्त्रालयले भने फेसबुक चलउँदा इन्टरनेट सुस्त भएका कारण परिक्षणका रुपमा फेसबुक बन्द गरिएको बताएको छ ।
यसो हो भने फेसबुकमा झुण्डिन बानी लागेका कर्मचारीहरुको दबाबमा पनि केही समयपछि फेसबुक खुल्ने पनि उत्तिनै सम्भावना छ ।
गत दुई सातादेखि फेसबुक बन्द गरेपछि कामको चाप हुने समयमा इन्टरनेटसमेत द्रुत भएको बताइएको छ ।
अब बिहान दश बजे कार्यालय पुग्नासाथ कर्मचारीहरुले फेसबुक खोलेर भुल्ने गरेकोमा त्यो हल हुने भएको छ भने इन्टरनेटसमेत सुस्त भएको बताइएको छ ।