विवाहित महिलाहरुले पतिको दीर्घायुको कामना गर्दै र अविवाहितहरुले चाहेजस्तो वर पाउँ भनेर निराहार व्रत बसी मन्दिरमा गएर शिवको पूजा आराधना गरिरहँदा दलित महिलाहरुले भने दलित भएकै कारण मन्दिरमा पसेर पुजा गर्न वञ्चित हुनु परेको छ ।
हिन्दु महिलाहरुले देशैभर हाँसोखुसीका साथ मठ मन्दिरमा गएर पुजाआजा गरेर तीज मनाइरहँदा डोटीका दलित महिलाहरुले पुजाआजाका लागी मन्दिर भित्र पस्न नपाएका हुन् ।
दलित महिलाहरु पनि मन्दिर आएर पुजा गर्छन भनेर डोटीका विभिन्न मन्दिरमा ताल्चा लगाएई पछि उनीहरुले मन्दिरमा पुजाअर्चनाबाट वञ्चित हुनु परेको हो ।
डोटीको राधाकृष्ण मन्दिर, शिव मन्दिर र शैलेश्वरी मन्दिरमा दलित महिलाहरु प्रवेश गर्छन भन्दै ताल्चा लगाईएको थियो ।
डोटीको जिल्ला सदरमुकाम सिलगढीमा रहेको मन्दिरहरुमा पुजा गर्न गएका दिपायल सिलगढी नगरापलीका–१ सिलगाउँका दलित महिलाहरु गेटमा ताल्चा लगाएपछि पुजा नै नगरी फर्किएका थिए ।
आफूहरुले पनि अरुले झैँ ब्रत बसेर पुजा गर्न मन्दिर गएको तर पुजा नै गर्न नपाई आफुहरु फर्किएको स्थानीय अमृता नेपालीले दुखेसो पोखिन् ।
देवता सबैका साझा भएपनि आफूहरुलाई मन्दिरको दर्शन गर्न नदिएको भन्दै उनीहरु भने अरु सबै महिलाहरु खुसी साटासाट गरिहँदा पनि दुःखी मन बनाएर बस्न बाध्य भएका हुन् । (पत्रकार रमेश भट्टराईको सहयोगमा, फोटो: फाइल)