नेपाल साफ च्याम्पियनसिपको उपविजेतामै सीमित
भदौ ३१ – दोस्रो साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज भएको फाइनल खेलमा नेपाल भारतसँग ३–१ गोल गोलमा समेटिदैं उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा भएको फाइनल खेलमा नेपाल फेरी साफ च्याम्पियनसिपको उपविजेतामै सीमित भएको हो ।
श्रीलंकाको राजधानी कोलम्बोमा भएको फाइनल खेलमा नेपाल फेरी साफ च्याम्पियनसिपको उपविजेतामै सीमित भएको हो ।
२ बर्षअघि भएको पहिलो संस्करणको फाइनलमा पनि नेपाल भारतसँग नै हार बेहोरेको थियो ।
आजको फाइनल भिडन्तमा नेपालले खेलको तेस्रो मिनेटमै विपक्षीको पोष्ट भित्र गोल हानेर अग्रता लिए पनि त्यसलाई सुरक्षित राख्नबाट भने नेपाल असफल भयो ।
खेलको तेस्रो मिनेटमा अनु लामाको गोलमा दीपा अधिकारीले गोल गर्दै नेपाललाई अग्रता दिलाए पनि आठौँ मिनेटले भारतले नेपालको पोष्ट भित्र गोल छिराउन सफल भयो ।
निक्कै प्रतिस्पर्धात्मक देखिएको खेलको ६७ औं मिनेटमा भारतले अर्को गोल गर्दै खेल दोब्बर बनायो भने भने ८३ औं मिनेटमा तेस्रो गोल गरेर नेपाललाई पुनः हराउन सफल भयो ।
आजको खेलमा अधिकांश समय बल मध्यमागमा रहेपनि नेपालले पाएका केही मौका सदुपयोग गर्न नसक्दा नेपाल साफ वुमेन्स च्याम्पियनसिपको उपविजेताका रुपमा सिमित हुन पुगेको हो ।
प्रकाशित मिति:
September 16, 2012