मिडियामा विदेशी लगानी हुनुहुन्न भन्नेमा वैद्यदेखि डा.रिजालको पनि एकमत (फोटोफिचरसहित)
असोज ५ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले राष्ट्रिय स्वाधिनताका विषयमा यो पार्टी र त्यो पार्टी भन्ने कुरा छाडेर सबै देशभक्ती एक भएर लाग्नुपर्ने बताएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा आयोजित राष्ट्रिय स्वाधिनता र नेपाली मिडिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वाधिनताका विषयमा पार्टीभन्दा माथि उठेर र पार्टीका कुरा समेत छाडेर लाग्नुपर्ने बताए ।
कार्यक्रममा उनले जनताको हक हित र देशको पक्षमा लाग्नु नै राष्ट्रिय स्वाधिनता भएको भन्दै यसमा सबै एक भएर लाग्नुपर्ने बताए । उनले पत्रकारहरुलाई देश र जनताका पक्षमा सशक्त भएर लाग्न पनि आग्रह गरेका छन् ।
कार्यक्रममा उनले मिडियामा विदेशी लगानी भित्रिए मिडियाको स्वतन्त्रता र राष्ट्रियतामै खतरा पर्ने समेत औल्याउँदै आफूहरु मिडियामा विदेशी लगानी गर्न नहुने पक्षमा रहेका स्पष्ट पारे ।
सोही कार्यक्रममा, नेपाली कांग्रेसका नेता डा. मिरेन्द्र रिजालले राष्ट्रियका पक्षमा सबै दलहरुको समान धारणा हुनुपर्ने बताए । उनले मिडियामा राजनीतिक दलहरुको चासो र लगानी बढ्दै गएको भन्दै यो विषयमा पनि गम्भीर भएर सोच्नुपर्ने बताए ।
त्यस्तै नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले सत्तामै रहेकाहरुबाट राष्ट्रिय स्वाधिनताका विषयमा शंका उब्जिएको उल्लेख गरे । कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउन गरिने विभिन्न क्रियाकलापले राष्ट्रिय स्वाधिनतामामाथि नै शंका उब्जाएको बताए ।
उनले मुलुक इतिहासकै कमजोर मोडममा रहेको समेत बताएका छन् ।
कार्यक्रममा उनले मिडिया उद्योग बन्दै जाँदा नाफामुखीतर्फ केन्द्रित भएको भन्दै चिन्ता व्यक्त गरे । एमाले सञ्चारमा विदेशी लगानी मान्ने पक्षमा नरहेको उनको भनाई छ ।
कार्यक्रममा सुचना विभागका महानिर्देशक लक्ष्मी निवास कोइराला, पत्रकार महासंघका महासचिव ओम शर्मा, प्रेस चौतरी नेपालका गगन विष्ट, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष सुरेश आचार्य, बरिष्ठ पत्रकार ध्रुबहरी अधिकारी लगायतले मिडिया स्वतन्त्र हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेकपा माओवादी प्रचार राज्य इन्चार्ज महेश्वर दाहालले अवधारणा पत्र पेस गरेका थिए ।

प्रकाशित मिति:
September 21, 2012