धनुषामा ५ दर्जन कुखुरा मरे, बर्डफ्लुले भने होइन
असोज ११ – धनुषा जिल्लामा पाँच दर्जन बढी कुखुरा मरेपछि व्यवसायी चिन्तित बनेका छन् ।
धनुषाको धारापानी क्षेत्रमा कक्सिडियोसिस रोग लागेर करिब पाँच दर्जन कुखुरा मरेका छन् ।
जिल्ला पशु सेवा कार्यालय धनुषाका अनुसार सो क्षेत्रमा प्रेम लामालगायतका कुखुरा फर्ममा रहेको कुखुराहरू सो रोग लागी मर्न थालेका हुन् ।
सो रोगको औषधि दिइए पनि रोग नियन्त्रणमा आउन नसकेपछि सोको परीक्षण पशुरोग प्रयोगशाला जनकपुरमा गरिने बताइएको छ ।
रोग लागेर मरेका कुखुरामा भने बर्डफ्लुका लक्षण देखा नपरेकोले उपभोक्ता तथा व्यवसायीले चिन्ता लिनुपर्ने ठाउँ नरहेको बताइएको छ ।
प्रकाशित मिति:
September 27, 2012