• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » चार युवाद्वारा १९ वर्षिय युवती बलात्कृत
चार युवाद्वारा १९ वर्षिय युवती बलात्कृत

पुस १९ – महिला हिंसाका घटनाहरुले प्रश्रय पाईरहेका बेला पुनः झापामा एक युवती सामूहिक बलात्कारको सिकार भएकी छन् ।




चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक–९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनामध्ये तीनजनालाई आज बिहान ५ बजे पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दमक–९ बस्नेहरू १७ वर्षीय सचिन भट्टराई, सन्दीप दर्जी र १९ वर्षीय आशीष दर्नाल रहेका छन् । उनीहरूले अपराध स्वीकार गरिसकेको बताइएको छ ।

उक्त घटनामा संलग्न रहेका अर्का एकजना फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ती युवतीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: January 03, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |