ससुरालीमा गएका ज्वाईद्वारा झुन्डिएर आत्महत्या
फागुन ५ – उदयपुरको जाँते गाविस हिम्मा बस्ने परशुराम राईले ससुराली घरमा झुन्डिएर आत्महत्या गरेका छन् ।
यही फागुन २ गते ससुराली आएका राईले भोलिपल्ट राति पोखरी गाविस– १ स्थित ससुराली घरमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठको भनाई उदृत गर्दै राससले उल्लेख गरेको छ ।
राईले झुन्डिएर आत्महत्या गरेपछि ससुरालीका घरपरिवारले जिल्ला प्रहरीमा खबर गरेका थिए । शुक्रबार जिल्ला अस्पतालमा उनको शवपरीक्षण गरी आफन्तलाई बुझाइएको प्रहरीले बताएको छ ।
राईले के कारणले आत्महत्या गरेका हुन् भत्रेबारे अहिले केही खुल्न नसकेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति:
February 16, 2013