विहेमा सहभागी हुनका लागि मात्रै ३.५ करोडको सलमानलाई अफर
भारतको एक विवाहमा सहभागिता जनाईदिन भन्दै अभिनेता सलमान खानलाई ३।५ करोडको अफर आएको छ ।
यो अफर उनलाई कुनै फिल्म खेल्नका लागि नभएर अधिकांश धनाढ्य परिवारहरूमा गरिने बिबाहको समारोहलाइ अझ आकर्षक बनाउनका लागी फिल्मी जगतका चर्चित कलाकारहरूलाइ आमन्त्रण गर्ने चलन अनुसार दिइएको हो ।
भारतमा यस अघि पनि अभिनेताहरूलाई धनाढ्य परिवारहरूको बिबाह समारोहमा उपस्थित गराउने चलन चल्दै आएको थियो । त्यसरी उपस्थित गराउँदा उनीहरुलाई भने बमोजिम रकम दिने समेत गरेका छ ।
सलमानलाई अफर गर्ने उक्त विवाहको विषयमा भने खासै खुलाइएको छैन। यद्यपी, विवाहमा बलिउडका टप स्टारहरूलार्इ समेत पारिश्रमिक दिएरै बोलाइने बताइएको छ ।
प्रकाशित मिति:
February 17, 2013