जन्ती बोकेको ट्रक दुर्घटना हुँदा २ को मृत्यु, बेहुलासहित १५ घाइते
फागुन ४ - जन्ती बोकेको मिनी ट्रक आज काभ्रेमा दुर्घटना हुँदा दुई जना जन्तीको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।
दुर्घटना स्थलमा दुई जना जन्तीको मृत्यु भएको थियो । त्यस्तै घाईते हुनेमा बेहुला प्रवीण परियार पनि रहेका छन् । घाईते १५ जनालाई उपचारका लागि धुलिखेल ल्याईएको छ ।
कानपुर–२ बाट जन्ती लिएर दाप्चा जाँदै गरेको बा २ ख ९५०१ नम्वरको ट्रक तिमाल भन्ने स्थानमा आज विहान दुर्घटना भएको काभ्रे प्रहरीले जानकारी दिएको छ ।
ट्रक जन्ती लिएर हिँडेको करीव पाँच मिनटमै दुर्घटनामा परेको थियो ।
प्रकाशित मिति:
February 15, 2013