भ्यालेन्टाइनमा कण्डम र उत्तेजना बढाउने औषधीको सबैभन्दा बढी बिक्रि
फागुन ४ - प्रेम दिवस तथा भ्यालेन्टाइन डेका दिन कन्डम र यौन उत्तेजना बढाउने औषधी भियग्राको बिक्रि अधिक भएको छ ।
उक्त दिन हिजो गुलाबको फूल, उपहारका सामग्री, कार्ड, चक्लेट सँधैका वर्षहरु बिक्रि भएपनि त्यसमा कण्डम र सेक्स गर्दा उत्तेजना बढाउने औषधीको झनै बिक्री बढेको हो ।
अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेमा कन्डमको बिक्री दुई गुणासम्म र भियग्राको व्यापार झन्डै ४० प्रतिशतले बढेको औषधि व्यवसायीहरुको भनाई छ ।
्कन्डम हाउसमा अन्य दिनमा पाँच सयको हाराहारीमा बिक्री हुने कन्डमका प्याकेट यसदिन हजारभन्दा बढी बिक्री भएको व्यवसायी बताउँछन् ।
कन्डम खरिद गर्नेमा अधिकांश ३० वर्षसम्मका युवा रहेको र भियग्रा खरिद गर्नेमा ४० वर्षभन्दा माथिका अधवैंशे रहेको बताइएको छ ।
कन्डको बढ्दो बिक्रीबाट भ्यालेन्टाइन डे मा युवायुवतीले अन्य दिनको तुलनामा बढी यौनसम्पर्क राख्ने गरेको बुझ्न सकिन्छ ।
पछिल्लो समय प्रेम दिवसलाई युवायुवतीले माया साटासाट गर्ने दिवसका रुपमा भन्दा पनि सेक्सका लागि बढी प्रयोग गर्न थालेका छन् ।
प्रकाशित मिति:
February 15, 2013