प्रधानन्यायाधिसको बारेमा कांग्रेसमा पनि नयाँ विवाद सुरु
फागुन ५ – प्रधानन्यायाधिसलाई प्रधानमन्त्री बनाउने विषयमा एमालेमा रहेको विवाद बाहेक लगभग टुंगो लागे जस्तै भएको बेला कांग्रेसमा पनि विवाद सुरु भएको छ ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले आज मुलुकमा विद्यमान राजनीतिक गतिरोधको अन्त्य गरी राजनीतिक सङ्कटलाई निकास दिन शक्ति पृथकीकरणको सिद्धान्त बाहिर जान नसकिने धारणा व्यक्त गरेका छन् ।
धोबीचौर टोल सुधार समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्ने तथा नगर्ने विषय एमालेको निर्णयमा निर्भर रहने भने उल्लेख गरे ।
यद्यपी कार्यक्रममा उनले कार्यपालिका र न्यायपालिकाका बीचमा शक्ति सन्तुलन भएन भने मुलुकमा जटिलता थपिने हुँदा शक्ति पृथकीकरणको सिद्धान्तलाई अवलम्बन गर्न जरुरी रहेकोमा जोड दिए ।
महामन्त्री सिंहले पार्टीको केन्द्रीय समितिले सो सिद्धान्तको मर्म र भावनामा परिवर्तन नहुने सर्तसहित कांग्रेसका शीर्ष तीन नेतालाई नयाँ सरकार गठन गर्नका लागि अधिकार दिएको हुँदा उनीहरुले सो सिद्वान्तविपरीत रही निर्णय गर्न नसक्ने समेत बताएका छन् ।
प्रकाशित मिति:
February 16, 2013