भारतको राजधानीमा फेरी एक बालिका बलात्कारको सिकार
नयाँदिल्ली – भारतको राजधानी नयाँदिल्लीको सहर गुरगाउँस्थित सडकमा फेरि ६ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
सामुहिक बलात्कारको शिकार भएर ज्यान गुमाएकी २३ वर्षीया भारतीय युवतीको कुरा सेलाउन नपाउँदै भारतमा पुनः अर्की बालिका बलात्कारको सिकार भएकी हुन् ।
भारतीको राजधानी नयाँ दिल्लीको एक सहर गुरगाउँको सडकमा एक ६ वर्षीया बालिकालाई बलात्कार गरी छोडिएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समयअनुसार बिहीबार राती १० बजे चिन्तनीय अवस्थामा गुरगाउँको सडकमा ती बालिका भेटिएको प्रहरीले जनाएको छ ।
बलात्कृत सो बालिकालाई तत्काल उपचारको लागि अस्पताल लगिएको र ती बालिका बलात्कृत भएको प्रष्ट पारिएको समाचारमा उल्लेख छ । हाल बालिका खतरा मुक्त भएको पनि अस्पताल स्रोतले जनाएको छ ।
गत डिसेम्बर १६ का दिन भारतको राजधानी नयाँ दिल्लीमा २३ वर्षीया एक मेडिकल कलेजमा अध्यनरत छात्रा आफ्नो साथीसँग नयाँ दिल्लीको एक सार्वजनिक बसमा यात्रा गरिरहँदा अकस्मात बस चालकसहित सो बसमा रहेका अन्य पाँच जना यात्रुद्वारा आक्रमण एवम् सामुहिक बलात्कृत भएकी थिइन् ।
प्रकाशित मिति:
February 15, 2013