प्रधानन्यायाधीस रेग्मी प्रधानमन्त्री बन्ने पक्कापक्की
फागुन ०५ - प्रधानन्यायाधीसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा प्रमुख चार शक्ति सहमत भएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपतिसहितको उपस्थितिमा आज भएको छलफलमा यस्तो सहमति जुटेको हो ।
बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, महन्थ ठाकुरलगायत सहभागी थिए ।
सो बैठकले सरकारको स्वरुप, मोडल र बाधा अड्काउ फुकाउने विषयमा तयारी गर्न एक कार्यदल समेत गठन गरेको छ ।
कार्यदलमा एमाओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसका विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, एमालेबाट भीम रावल र अग्नि खरेल तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट हृदयेष त्रिपाठी र जितेन्द्र देव सदस्य छन् ।
उक्त कार्यदलको सुझावको आधारमा भोलि बस्ने चार दलको बैठकले अन्तिम टुंगो लगाउने बताइएको छ ।
प्रकाशित मिति:
February 16, 2013