एमाले पनि रेग्मीलाई मान्न राजी, राष्ट्रपतिका साथमा चार दल शितल निवासमा
फागुन ५ – प्रधानन्यायाधीसको नेतृत्वमा चुनावी सरकार गठन गर्ने विषयमा राष्ट्रपति भवन शितल निवासमा चार दल अहिले छलफल गरिरहेका छन् ।
निर्णायक भनिएको उक्त बैठकमा राष्ट्रपतिको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार, महन्थ ठाकुरलगायत सहभागी रहेको बताइएको छ ।
चार दलबीच यसअघि नै निर्णायक वार्ता गर्ने भनिए पनि एमाले केन्द्रिय समितिको बैठक लम्बिएकाले स्थगित हुँदै आएको थियो । आज साँझ एमाले बैठक सकिएपछि दलहरु निर्णायक छलफलमा जुटेका हुन् ।
आज एमाले पनि प्रधानन्यायाधीसको नेतृत्वमा चुनावी सरकार गठनमा सहमत भएपछि प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बाटो सहज बन्न पुगेको छ । यसअघि कांग्रेसले यस विषयमा सैद्धान्तिक सहमति जनाईसकेको छ ।
प्रकाशित मिति:
February 16, 2013