बैशाख २३ । झापाको खजुरगाछी–१ फत्तेपुरमा भारतीय प्रहरी (एसएसबी) र स्थानीयवासीबीच झडप हुँदा तीन जना घाइते भएका छन् ।
हिजो सा“झ भारतको फत्तेपुर थानाका दरोगा (प्रहरी नायब निरीक्षक) विनोद सिंहको अगुवाइमा १५/२० जना भारतीय प्रहरीले गालीगलौज गर्दै हातहतियारसहित खजुरगाछी–१ फत्तेपुरका स्थानीय देवान राजवंशीलाई घरबाट भारततर्फ लैजान खोज्दा झडप भएको हो ।
घाइतेहरुमा दुई जना भारतीय प्रहरी छन् भने एक जना देवान राजवंशीको भाई परवाना राजवंशी छन् ।
झडपको क्रममा भारतीय प्रहरीले चार राउन्ड गोली चलाएको देवान राजवंशीको भनाई उदृत गर्दै राससले जनाएको छ । उनका अनुसार घाइते राजवंशीलाई गोलीको छर्रा खुट्टामा लागेको छ । उपचारपछि उनको स्वास्थ्यचौकी खजुरगाछीमै उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानले घटनाबारे छानबिन भइरहेको बताएका छन् ।
झापामा एम्बुलेन्स ठप्प
बन्दको बहानामा झापाका एम्बुलेन्स चालकमाथि आक्रमण र दुव्र्यवहार बढेको भन्दै चालकहरुले मंगलबारबाट झापामा एम्बुलेन्स सेवा ठप्प पारेका छन् ।
सङ्घीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले बन्द अवज्ञाको बहानामा केही दिनयता झापाका एम्बुलेन्स चालकमाथि कुटपिट तथा दुव्र्यवहार गर्दा पनि प्रशासनले सुरक्षा दिन नसकेको भन्दै चालकहरुले जिल्ला प्रशासनमा सामूहिक ताला बुझाइ सेवा ठप्प पारेका हुन् ।
एम्बुलेन्स चालक सङ्घ झापाको आयोजनामा सङ्घको कार्यालय बिर्तामोडबाट दर्जनौँको सङ्ख्यामा भेला भएका झापाका एम्बुलेन्सले सदरमुकाम चन्द्रगढी–भद्रपुर एकोहोरो साइरनसहित परिक्रमा गरी जिल्ला प्रशासनको मूल गेटमा पुगेर धर्नामा परिणत भएको थियो ।
वैशाख २१ गते धरानबाट बिरामी पु¥याएर इलामतर्फ फर्किएको मे१च ३९५ नम्बरको एम्बुलेन्सका चालक नेत्रबहादुर सार्कीलाई लिम्बुवानका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएको सङ्घको भनाइ छ ।
सङ्घका सचिव विकासकुमार कोइरालाले घटनाका दोषीलाई संरक्षण गर्ने दल र कारबाही गर्न नसक्ने प्रशासनले नसच्चिएसम्म झापाका एम्बुलेन्स सेवा ठप्प हुने बताए ।
Powered by Blogger.
भारतीय एसएसबी र नेपाली स्थानीयबीच झडप, ३ जना घाइते
प्रकाशित मिति:
May 07, 2013