दुई हजार ५७ वर्षअघि फर्किएर बुद्धलाई विविध कार्यक्रम गरेर सम्झिदैँ
जेठ ११ । दुई हजार ५७ वर्षअघि देशको पवित्र भूमि लुम्बिनीमा जन्म लिएर विश्वमा शान्ति, अहिंसा र प्रेमको सन्देश फैल्याउन सफल भगवान गौतमबुद्धको सम्झनामा आज विश्वभर नै बुद्धलाई सम्झिरहिएको छ ।
बुद्ध जयन्तीको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरिएका छन् भने विदेशमा छरिएर रहेका नेपालीहरुले पनि विविध कार्यक्रम गरीरहेका छन् ।
२५५७ औँ बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति डा रामवरण यादवले शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेकासम्पूर्ण बौद्ध धर्माबलम्वी एवम् समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
यसैगरी उपराष्ट्रपति पमरमानन्द झाले पनि बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै हिंसा र उपद्रोको चपेटामा रहेको वर्तमान विश्वमा गौतम बुद्धबाट व्यक्त शन्ति र अहिंसाका सत्य वचनहरूको महत्व र सान्दर्भिकता झनै बढ्दैे गएको बताएका छन् ।
यस्तै, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले २५५७ औ बुद्ध जयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा विश्व शान्ति र मानव हितको कार्यमा लाग्न अभिप्रेरित गर्ने बुद्ध दर्शनले कुनै पनि एक धर्म विशेषको चरित्र र गुणलाई मात्र प्रतिनिधित्व नगरी मानवता र सेवाको समग्रतालाई पुष्ठपोषण गर्ने भएकाले यो दर्शन ससांरभरी लोकप्रिय रहेको उल्लेख गरेका छन् ।
प्रकाशित मिति:
May 25, 2013