सीमा स्तम्भ बग्ने अवस्थामा
असार ५ । नेपाल–भारत सीमा छुटयाउने महाकाली नदी छेउ रहेको सीमा स्तम्भ नं ८ बग्ने अवस्थामा पुगेको छ ।
भीमदत्त नगरपालिकाको भुजेलाको दक्षिणी क्षेत्र चौकीसोता नजिक रहेको सीमा स्तम्भ बग्ने खतरामा पुगेको हो ।
महाकाली नदीले लगातार त्यस क्षेत्रमा कटान गर्न थालेपछि सीमा स्तम्भ खतरामा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरेले बताएका छन् ।
निरीक्षणका क्रममा सीमा स्तम्भ बग्ने स्थितिमा पुगेको देखेपछि जिल्लाको बैठकमा यसबारे प्रस्ताव राख्दा कुनै तर्फबाट बचाउनका लागि खासै चासो नदिइएको उनले बताए ।
सीमा स्तम्भ बगे पनि जिपिआरएस प्रविधिबाट खोज्न सकिने भनेर बैठकमा टार्न खोजिएको छ उनले भने– “सीमा स्तम्भ बगेपछि समस्या दुवै देशलाई हुन्छ ।”
सीमा स्तम्भ नजिकै क्याम्प राखेर बस्दै आएको भारतीय एसएसबीलाई समेत बोलाएर जानकारी दिइएको उनले बताए । खतरामा रहेको सीमा स्तम्भको फोटो खिचेर राख्नेसम्मको कार्य गरिएको उनले जानकारी दिए ।,
सीमा स्तम्भ बगेपछि भारतीय पक्षले नेपाली भूमिमै अन्य क्षेत्रको जस्तै नक्कली सीमा स्तम्भ खडा गरेर दुःख दिने भन्दै तत्काल सीमा स्तम्भको सुरक्षाका लागि कदम चाल्नुपर्ने त्यहाँका सर्वसाधारणको भनाइ रहेको छ । रासस

प्रकाशित मिति:
June 19, 2013