बाबुराम र कमल थापाको भनाभन (भिडियोसहित)
साउन १२ । आफू प्रधानमन्त्री भएको भए जेल हाल्थे भन्ने एमाओवादी नेताको भनाईपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि भट्टराईले राजालाई मान्ने सहमति गरेको खुलासा गरेपछि यो विषयले हंगामा नै मच्चाएको छ ।
थापाको उक्त खुलासामा भट्टराईले आफूले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बन्न आग्रह गरेको स्वीकार समेत गरे ।
आफूले पूर्वराजाको सक्रियताबारे बलियो सूचना पाएरै अभिव्यक्ति दिएको बताएका भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार प्रस्टिकरण समेत दिन पुगे ।
लगत्तै राप्रपा नेपालका अध्यक्ष थापाले पनि भट्टराईको अभिव्यक्तिको खण्डन गरे । यसरी उनीहरुबीच फेसबुकमा युद्ध नै चलेको हो ।
प्रकाशित मिति:
July 27, 2013