एमाओवादीको विवाद मिलाउन विशेष महाधिवेशन बोलाउने तयारी
असार २२ । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टीभित्र देखीएको विवाद मिलानको लागि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको खुलासा गरेका छन् ।
प्रवक्ता सापकोटाले आगामी साउन ४ मा हुने विस्तारित बैठकले पनि समस्या समाधान नगरे विशेष महाधिवेशन बोलाएर भएपनि विवाद समाधान गर्ने तयारी भैरहेको बताए ।
माओवादीमा पार्टीभित्र वृद्ध, प्रौढ र युवाको बराबरी सहभागितालाई थ्री इन वन भन्ने गरिएको छ । विस्तारित बैठकबाट त्यसमा अल्पसंख्यक र आदिवासी जनजाति पनि थपिने सापकोटाले बताए ।
त्यस्तै प्रवत्ता सपकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पर्टिलाई मास बेस्ड क्यार्डर पार्टी बनाउने संगठनात्मक संरचनाको प्रस्तावना तयार पारेको जानकारी दिए ।
उनले नेपालको बिशिष्ठतामा सबलाई समेटेर मास बेस क्याडर पार्र्टी नै हुनपर्ने प्रष्ट पार्दै अहिलेको आवश्यकता अनुसार संगठन निर्माण गर्नुपर्ने बताए ।
सापकोटाले अध्यक्ष दाहालले तयार पारेको प्रस्तावमा केही नयाँ सिद्धान्तको विकास गर्नेबारे उल्लेख गरिएको जानकारी दिए । अध्यक्ष दाहालले विस्तारित बैठकमा पेश गर्ने संगठनात्मक प्रस्ताव तयार पारे पनि संख्या किटान गर्न भने बाँकी रहेको सापकोटाको भनाइ छ ।
अर्को एक फरक प्रसंगमा उनले नेता बाबुराम भट्टराईले पार्टी नै छाडेको नभई उपाध्यक्ष पद त्यागेको बताए ।
विस्तारित बैठकले भट्टराईको कदमबारे ठोस धारणा तय गर्ने भनाइ सापकोटाको छ । त्यस्तै प्रवक्ता सापकोटाले नेकपा माओवादी निर्वाचनमा नआए उक्त पार्टि विघटन हुने दावी पनि गरे । सापकोटाले वैद्य पक्षले संविधानसभा निर्वाचन खारेज गर्न नसक्ने औल्याउदै निर्वाचनले उक्त पार्टिनै खारेज गर्ने बताए ।
प्रकाशित मिति:
July 06, 2013