माउन्टेन एयरको हेलिकप्टर आकस्मीक अवतरण, चार जना सबै सकुशल
असार २३ । डोल्पाको जुफाल एयरपोर्टबाट नेपालगञ्जका लागी उडेको एक हेलिकप्टर बाँकेको कोहलपुरमा आकस्मिक अवतरण गरिएको छ ।
मौसम खराबीका कारण माउन्टेन एयरको नाईन एन ए जे पि 9N-AJP नम्बरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।
नेपालगञ्ज स्थित राँझ एर्पोटबाट हेलिकप्टरमा भिजिपिटिटिको सिग्नल नदेखाएपछि कोहलपुर ३ न्यूरोड स्थित खाली स्थानमा आकस्मीक अवतरण गरिएको हो ।
चालकको चलाखीले हेलिकप्टरलाई चाँडै आकस्मिक अवतरण गराइएकाले केही क्षति भने भएको छैन । हेलिकप्टरमा चालक दल सहित ४ जना सवार थिए ।
प्रकाशित मिति:
July 07, 2013