जीपको ठक्करबाट बालिकाको मृत्यु
असार २० । जीपको ठक्कर बाट गम्भिर घाइते भएकी कैलाली श्रीपुर ४ की ६ वर्षिया बालिकाकोे मृत्यु भएको छ ।
अत्तरिया स्थित पद्मा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम तर्फ आईरहेको जीपको ठक्करबाट बालिका आज विहान गम्भिर घाईते भएकी थिईन । ठक्कर दिने जिप फरार भएकाले नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यद्यपी इलाका प्रहरी कार्यालय मालाखेतीले दुई वटा जिपलाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको जनाएको छ ।
प्रकाशित मिति:
July 04, 2013