ईजिप्टमा सैनिक ‘कू’ राष्ट्रपति गिरफ्तार
असार,२० । ईजिप्टमा निर्वाचित राष्ट्रपति मोहम्मद मुर्सीलाई अपदस्त गरि सैनिक ‘कू’ भएको छ ।
सेना प्रमुख जनरल आब्देल फत्ताह अल सीसीले राष्ट्रपति मुर्सीलाई गिरफ्तार गरि सैनिक कू गरीएको छ । उनले संविधान खारेज गर्दै राष्ट्रपतिको अधिकार र काम अब मुख्य न्यायाधीशले सम्हाल्ने पनि घोषणा गरेका छन ।
आज बिहान राष्ट्रिय टेलिभिजनमा सम्वोधन गर्दै सेना प्रमुख सीसीले अब चुनाव नहुन्जेल अन्तरिम सरकार मुख्य न्यायाधीशले नै सम्हाल्ने बताए । यस अघि नै सेनाले राष्ट्रपतिलाई २४ घण्टाको अल्टिमेटम दिएको थियो राष्ट्रपतिले राजीनामा नदिएपछि सेनाले ‘कू’ गरी सासन सत्ता आफुले लिएको घोषणा गरेको छ ।
मुर्सीलाई हटाएपछि विरोधीहरुले सडकमा खुसी साटासाट गरेको बिबिसीले जनाएको छ । सेनाको कदमको विरोध गर्दै मुर्सीका समर्थकहरु बिरोध प्रदर्शनमा गर्न थालेका छन । केही स्थानमा मुर्सीका समर्थकहरु । बिपक्षी बिच तनाव पनि भइरहेको बताइएको छ ।
प्रकाशित मिति:
July 04, 2013