उफ् । माफ गर्नुहोला । फेरि नेट गयो ।
टेनिस रोका/ब्लग
साउन २६ । फिनिनी घुमिरहन्छ । त्यो घुम्दा हाम्रा टाउको नि त्यसरी नै घुम्न खोज्छ । झ्यालबाट यसो बाहिर हेर्छु त्यही नै फेरि ब्रोडलिंकको टावर ठर्याईएको छ ।
हो म त्यही ब्रोडलिंकको नेट लामै समयदेखि चलाउँदै आएको छु । मेरो घर नजिक टावर ठर्याईको र सुरुमा राम्रो भएकाले म पनि आकर्षित भएको थिए ।
अनलाइन मिडियामा काम गर्ने भएपछि नेट त चाहिनै भयो । त्यसैले घरमा जतिबेला यही नै अलिक राम्रो जस्तो लागेर जोडियो पनि ।
लगभग महिना दिनदेखि सिस्टममा खराबी छ भनेर सुचना ब्रोडलिंकको साइटमा कुदाईएको छ । यताउती यताउती हुने गरी । एक दुई वटा मेल पनि आएको थियो । तर झण्डै महिना दिनसम्म पनि समस्या ज्यूहुँका त्यहीँ छ । यति लामो समयसम्म सेवा प्रभावित हुँदा ब्रोडलिंक के गर्दैछ ? उसैलाई थाहा होला ।
बिहानैदेखि ३ घण्टा भयो । एक पटक नेट आउँछ । पुनः झ्याम्प जान्छ । वाक्क लागेर म यी कुरा लेखिरहँदा अहिले भने नेट कनेक्सन भएको छ ।
उफ् । माफ गर्नुहोला । फेरि नेट गयो ।
कम्प्युटरमा टावर भने फुल छ । नेट चल्ने त उहीँ । एक पटक मलाई यहीँ प्रश्न गर्न मन लाग्यो । कस्तो हो कुन्नि यो सेवा ?
केही दिन अगाडी बिहानै उठेर काम गर्न ल्यापटप अन गरेँ । नेट कनेक्सन गरे । भयो पनि । एउटा समाचार सम्पादन गरेर पोष्ट गर्न खोज्ने बित्तिकै नेट गयो । तीन घण्टासम्म गएको गयैँ भयो । बिहानभरीमा हजार पटक कनेक्सन प्रयास गरेँ । सयौँ पटक ब्रोडलिंको टोल फ्रि नम्बरसहित ४ वटा नम्बरमा सम्पर्क प्रयास गरे । त्यो क्रम बिहानभरी रह्यो । फोन व्यस्तको व्यस्त । लागे पनि मरे उठेन ।
वैकल्पिक उपाय खोजियो । तीन दिनसम्म । अनि केही दिनमा ब्रोडलिंक पुगेर बुझ्दा । समस्याको समाधान लगभग भईसकेको जानकारी पाए ।
ब्रोडलिंकका प्रशासन प्रमुख रत्न चन्द्र मानन्धरले प्राविधिक कारण यस्तो भएको र भोलि पर्सीबाटै समस्या सबै हल हुने बताए । उनले सुरुमा प्राविधिक कारण यस्तो भएको र डिभाईस आईसकेको बताए पनि तपाईहरुको विलिंग सिस्टम परिवर्तन भएको छ कसरी डिभाईसको समस्या भन्दा अनकनिए ।
स्मरण रहोस्- ब्रोडलिंकले अहिले बिलिंग सिस्टम परिवर्तन गरेर महिनावारी बनाएको छ । पहिले जुन समयमा सकियो त्यतिबेला रिचार्ज गरे त्यसैको गन्तिमा एक महिना दिन गनिने गरिन्थ्यो भने अब महिनाको १ देखि सुरु भएर लास्टमा सकिने प्रणाली परिवर्तन गरेको छ । सोही परिवर्तन गर्ने क्रममा सिस्टममा समस्या आएको र त्यसैको बोझ सेवाग्राहीले बोक्नु परेको हो ।
प्राविधिक कुरा हो । कहिले कहीँ त सेवा अवरुद्ध हुनु स्वभाविक पनि हो । तर महिनौँ दिनसम्म समस्या जारी रहने, फोन गर्दा नउठाईदिने । सेवाग्राहीलाई स्पष्ट रुपमा विलिंग सिस्टम परिवर्तन गर्न लागेको भनेर पूर्व सुचना नदिने गर्नाले भने कम्पनी र सेवाग्राहीबीच दुरी बढ्ने पो हो की भन्ने प्रश्न पनि उठ्न सक्छ ।

प्रकाशित मिति:
August 10, 2013