एउटै भैंसीको मुल्य ४० लाख रुपैयाँ
साउन २६ (एजेन्सी) । उत्तरी भारतको हरियाणाका एक किसानले एउटै भैंसी ४० लाख रुपैयाँमा बेचेका छन् ।
मुर्रा जातको उक्त भैंसीले बढी दूध दिने भएकाले यसको मुल्य बढि भएको हो । यति मात्रै होइन, यस भैंसी पाल्न पाउनुमा किसानहरू हर्षित छन् ।
भारतको हिसार जिल्लामा बस्ने कपुर सिंहले दुई वर्षअघि उक्त भैंसीलाई ४ लाख रुपैयाँमा किनेका थिए ।
उनका अनुसार दैनिक २८ लिटर दूध दिने भैंसीले दूध उत्पादनबाट धेरै सम्मान पनि पाएको छ । यसले गर्दा उनले आफूले किनेको भन्दा १० गुणा बढी मूल्यमा बेच्न सफल भएको सिंह बताउँछन् ।
अघिल्लो वर्ष ३० लाखभन्दा बढी रकम प्रस्ताव आउँदा पनि सिंहले उक्त भैंसी बेचेका थिएनन् । किन्न आउनेलाई भैंसी अत्यधिक मन परेको र उनले लक्ष्मीमाथि भिडियो नै बनाएर प्रदर्शन गराउने उद्देश्य राखेका थिए । मैले मानिनँ, सिंहले भने, अहिलेको मूल्यबाट म निकै खुसी छु । यो पैसा छोरीको बिहेका लागि खर्चिन्छु ।
लक्ष्मीलाई किनेका राजीव सरपञ्चले बेस्ट क्याटलु प्रतियोगितामा सहभागी गराउने तयारी गरिसकेको हिन्दुस्तान टाइम्सलाई बताएका छन् । आगामी जनवरीमा हुने उक्त प्रतियोगिता जित्नेलाई एक किलो सुन उपहार छ ।

प्रकाशित मिति:
August 10, 2013