प्यूठानमा पशु कृत्रिम प्रजननमा आकर्षण बढ्दै
साउन २७ । प्यूठान स्थित जिल्ला पशु सेवा कार्यालयमा पशु प्रजनन् कार्यक्रम दिन प्रति दिन प्रभावकारी बन्दै गएको छ ।
जिल्लामा आथिर्क वर्ष २०६८\०६९ सालको भन्दा आथिर्क वर्ष २०६९\०७० मा गाई र ‘भैसीको कृत्रिम गर्भाधान गराउने किसानको संख्यामा ह्वात्तै बृद्धि भएको छ । आथिर्क वर्ष २०६८\०६९ सालमा कृतिम गर्भाधान अभियानअन्तर्गत कृत्रिम गर्भाधान तथा गर्व परिक्षण गर्ने १ सय ५१ जना मात्र थिए, भने आथिर्क वर्ष २०६९\०७० मा त्यो संख्या बढेर ४ सय ३३ पुगेको छ ।
जिल्लामै उन्नत गाई उत्पादन गर्न सकिने भएपछि स्थानीयहरुमा यसको जनचेतना बढ्दै गएको छ । गाउँमा भैसीलाई राँगो र गाईलाई बर खोज्दा कम्तिमा पनि १ हजार रुपैयाँ लिन्छन तर कृतिम गर्भाधान २५ रुपैयाँमा हने हुनाले यस तर्फ आकर्षण बढेको हो ।
जिल्ला पशु सेवा कार्यालय प्यूठानका अनुसार जिल्लाको बिजुवार वांगेशाल र खलंगामा कृत्रिम गर्भाधान केन्द्र सञ्चालित छन् । २०६७ सालदेखि जिल्लाबाट सुरु भएको पशुको कृत्रिम गर्भाधान सेवा बल्ल प्रभावकारी बन्न थालेको कार्यालयले जनाएको छ । आथिर्क वर्ष २०७०\०७१ मा कृत्रिम गर्भाधान गर्ने पशुको संख्या ५ सय बढी गराउने लक्ष्य लिएको जिल्ला पशु सेवा कार्यालय जनाएको छ ।
कृत्रिम गर्भाधान र सुविधा नहुने स्थानमा उन्नत जाँतको राँगा, साढे र बोका वितरण गरि पशुको नश्ल सुधार गर्ने उदेश्यले नश्ल सुधार कार्यक्रम पनि संचालन गरिदै आएको पशु सेवा कार्यालयमा प्यूठान जनाएको छ।
प्रकाशित मिति:
August 11, 2013