अनिता महर्जन नामकी नेपाली युवती भारतमा मृत फेला
भदौ १२ । भारतको नयाँदिल्लीस्थित एक गेष्ट हाउसमा अनिता महर्जन नामकी नेपाली युवती मृत फेला परेकी छिन् ।
उनको साथमा रहेको नेपाली नागरीकता अनुसार खोजी गर्दा उनको वास्तिविक ठेगाना अझै पत्ता लागेको छैन ।
नक्कली नागरिकताका सथमा लिएकी युवतीको १५ दिनअघि हौसखासस्थित एक गेष्ट हाउसमा मृत भेटिएकी थिईन । उनको नागरीकता अनुसार केही प्रमाण नभेटीएपछि उनको शव वेवारिसे बनेको छ ।
अहिले अनिताको शव अखिल भारतीय मेडिकल इन्स्टिच्युटमा राखिएको छ र उनको शब अहिले सम्म कसैले नबुझेकाले बेवासिसे भनी जलाउने तयारी भएको बताइएको छ ।
उनको साधमा भेटिएको नागरीकता अनुसार काठमाडौं जिल्ला प्रशासनबाट २०६८ जेठ ४ मा प्रतिलिपी नागरिकता लिइएको र यसको नम्बर २७१०६०/३३३६२/७०९७ का आधारमा थप खोजी–अनुसन्धान भईरहेको छ ।
नागरिकतामा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत श्रीनाथ पौडेलको हस्ताक्षर रहेको छ ।
प्रकाशित मिति:
August 28, 2013