माओवादीले बन्द गराएपछि मिति सार्न सरकारद्धारा आयोगलाई आग्रह
असोज २ । घोषित ४ मंसिरको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय केही दिन पर सार्न सरकारले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
मन्त्रिपरिषदको बुधबार बसेको बैठकले चुनावको तिथिमा प्रभाव नपर्ने गरी प्रत्यक्षको मनोनयन दर्ता र समानुपातिकतर्फको बन्दसूची पेश गर्ने पूर्व निर्धारित दिनलाई पर सार्न आयोगलाई आग्रह गरेको हो ।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि पेश गर्न यही आश्विन ७ गते र प्रत्यक्षतर्फको मनोनयनका लागि ९ र १० गतेको दिन तोकेको छ ।
निर्वाचन बहिष्कार अभियानमा लागेको माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता दिनलाई प्रभावित गर्नेगरी असोज ९ र १० गते नेपाल बन्दको घोषणा गरेपछि सरकारले मिति सार्न आग्रह गरेको हो ।

प्रकाशित मिति:
September 18, 2013