खाद्य संस्थान रित्तै, कुहिएको चामल छानेर वितरण
भदौ ३ । वर्षेनी खाद्यान्न संकट झेल्दै आएको जाजरकोट यो वर्षपनि पनि अभाव नै रहेको छ ।
सदरमुकाम को नेपाल खाद्य संस्थानको कार्यालयमा कारागारका कैदीका लागि मात्र ३० क्वीन्टल खाद्यान्न भएपनि स्थानिय जनताहरुको लागि छैन । सदरमुकामस्थित वजारमा केही पसलमा चामल भएपनि महगीले किन्न नसकिने अवस्था भएको स्थानिय बासिन्दाहरु बताउछन ।
यसैगरि जिल्लाका दर्जनभन्दा बढी गाविसहरुका खाद्य डिपोहरु रितै भएपछि जिल्लामा खाद्य संकट भएको छ । अघिल्लो वर्Èको अन्न सकिएको र नया“ बाली नपाकेकाले खाद्यन्न संकट भएको हो ।
जिल्लाका ग्रामीण्ँ क्षेत्रका खाद्य डिपोहरु महिनौ देखी रितै भएका छन् । डिपोमा चामल नपाउ“दा रितै फर्किनु परेको स्थानीयले बताएका छन् । खाद्यँन्न ढुवानीको जिम्मा लिएका ठेकेदारले ढुवानीमा व्यवस्था गरेको भन्दै पहिलो ठेक्का नै रद गरिएको छ ।
सदरमुकाममा रहेको खाद्य संस्थानको कार्यालयमा खुल्ला सिमेन्टमा र वोरामा राखेको कुहिएको ४ वर्ष पुरानो चामल स्थानिय वासिन्दाहरुले छानेर लिने गरेको संस्थानका कर्मचारीहरुले बताएका छन् । जिल्लाका उतरपूर्वी क्षेत्रका खगेनकोट, नायकबाडा, रोकायगाउ“, रग्दा, भगवती, सक्ला र पश्चिम क्षेत्रका टालेगाउ, गर्खाकोट, दह, मजकोट, कोर्ताङ र पजारु लगायत गाविसहरुमा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव भएपछि स्थानीय काम र मामको खोजीमा भारत तिर लाग्ने गरेको पाइएको छ ।
भौगोलिक विकटता र यातायात असुविधाले गर्दा व्यापारीले समेत ग्रामीण क्षेत्रमा खाद्यान्न पु¥याउन सकीरहेका छैनन् । नायकवाडा गाविसको घाट, रग्दाको चौखा, पजारुको घोगी र दसेराको दसेरा खाद्यान्न डिपोहरुमा अहिले माकुराको जालो लागेको छ । खाद्यान्न संस्थानको गत आर्थिक वर्Èको चामल सकिएको र चालू आर्थिक वर्षको ठेकेदारले समयमा चामल नपु¥याउ“दा खाद्यान्न संकट परेको हो ।
सरकारले जाजरकोट लगायत अति दुर्गम हिमाली तथा पहाडी जिल्लामा हुने गरेको खाद्यान्न संकट टार्न खाद्यान्न संस्थान मार्फत खाद्यान्न ढुवानीमा अनुदान दि“दै आएको छ । जाजरकोटका लागि चालू आर्थिक वर्षमा डिपोका लागि चार हजार क्वन्टिल र जिल्ला सदरमुकाम स्थीत संस्थानको शाखा कार्यालयका लागि ६ हजार क्विन्टल गरी १० हजार खाद्यान्नको कोटा निर्धारण्ँ गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । उनले अवको ६ दिन भित्र जाजरकोटमा दोस्रो टेन्डर भई चामल आईपुग्ने बताए ।
पहिलो चरणका ठेकेदारहरुमा सदरमुकाम खलंगाका लागि मानबहादुर खड्का, नायकवाडा डिपोका लागि भक्तबहादुर बस्नेत, चौखा डिपोका लागी यज्ञप्रसाद गौतम र घोगी डिपोका लागि टंकबहादुर खड्का प्रोपराइटर भएका फर्मको नाममा टेन्डर स्वीकृत गरिएको नेपाल खाद्य संस्थान जाजरकोट शाखा का प्रमुख राम वहादुर वमले वताए तर दोस्रो चरणको छिटै वुधवार नै हुने वताएको छ ।चामल नहुदा सदरमुकाम स्थीत गोदाम वाट ४ वर्ष पुरानो कहिएको चामल छानेर वितरण भईरहेको वमले बताए ।
सरकारले समयमा चामल पुर्याउन नसके जाजरकोट वासी जनताहरुको मुखैमा आउन थालेका दशै तिहार जस्ता चाडपवहरु खल्लो हुने देखिन्छ । नाफा घाटाको हिसाव मुखमा जपेर जाजरकोटमा खाद्यँन्न संकटको बेहाल अवस्थालाई बुझेर तत्काल सरोकारवाल निकार्यले कदम चल्नु जरुरी रहेको सरोकारवालाहरुको भनाई छ ।
प्रकाशित मिति:
September 18, 2013