विवादित विषयलाई जनमत संग्रहमा लैजान एमाले महासचिवको जोड
दीपक धिताल
असोज २ । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आगामी सविंधानसभाको चुनावबाट एक बर्ष भित्रमा सविंधान जारी नभए विवादित विषयलाई जनमत संग्रहमा लैजानुपर्ने बताएका छन् ।
आज काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत ५ नम्बर वडा कमिटीले आयोजना गरेको सविंधानसभाको निर्वाचनको सन्दर्भमा अन्तरसंवाद नामक कार्यक्रममा बोल्दै पोखरेलले छलफल र बहस गरेर निकास ननिस्कने विषयलाई जनमत संग्रहबाट टुंग्याउनुपर्ने बताए ।
एमाले आगामि निर्वाचनमा बहुपहिचान र थोरै प्रदेशको अवधारणाका साथ जनतामाझ आउने पोखरेलको भनाइ छ । सामाजिक सद्धभाव सहितको सघिंयतामा जानुपर्ने बताउदै महासचिव पोखरेलले नेपालमा बढीमा ७ ओटा प्रदेशको अवधारणामा एमाले रहेको बताए ।
सामाजिक न्याय, जेष्ठ नागरीकप्रति सम्मानका साथै संरचना सम्बर्धन, दलित, पछाडि पारिएका बर्ग समुदाय, अपागंता भएका ब्यक्ति आदि सबैलाई समेट्ने गरी नेकपा एमालेले घोषणापत्र तयार गर्न लागेको उनको भनाइ छ ।
युवा स्वरोजगारको क्षेत्रमा एमालेको उचित भूमिका रहने बताउदै उनले गैर आवासिय नेपालीहरुलाई पूर्वाधार र उर्जामा लगानी गर्न प्रोत्साहित गर्नेमा जोड दिए ।

प्रकाशित मिति:
September 18, 2013