राष्ट्रिय स्वाधीनतामाथि भारतीय शासकको नाङ्गो आक्रमण : माओवादी
काठमाडौं २, असोज । नेकपा–माओवादीले दुई देशको सन्धी सम्झौता विपरित भारतीय सुरक्षा फौज नेपाली भूमिमा प्रवेश गरी खानतलासी गरेको र त्यसमा सरकार मौन बसेको घटनाप्रति कडा आपत्ति जनाएको छ ।
बुधबार बिहान सशस्त्र भारतीय प्रहरी बर्दियाको गुलरियामा प्रवेश गरी नेपाली नागरिकको घरमा खानतलासी गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउंदै माओवादीले उक्त घटनालाई राष्ट्रिय स्वाधीनतामाथि भारतीय शासक वर्गले गरेको नाङ्गो आक्रमणको संज्ञा पनि दिएको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा भारतीय पक्षले तत्काल नेपाली जनतासित माफी माग्न तथा नेपालको राष्ट्रिय अखण्डतामाथि आक्रमण नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरी नेपाल प्रवेश गर्ने सशस्त्र भारतीय प्रहरीमाथि कारबाही गर्न माग गरिएको छ ।
भारतीय पक्षद्धारा यस किसिमको हस्तक्षेप हुंदा पनि सरकार भने पनि मौन बसेको भन्दै माओवादीले सरकारको पनि कडा विरोध गरेको छ र्। यस्तो जघन्य घटनाप्रति मौन बस्ने सरकारको कठपुतली रवैयाप्रति हाम्रो गम्भीर खेद र विरोध छ’ विज्ञप्तिमा भनिएको छर्, भारतीय सशस्त्र हस्तक्षेप अनि त्यसप्रति मौन बस्ने कठपुतली सरकारका विरुद्ध र राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति अघि बढ्न हाम्रो पार्टी नेकपा–माओवादी सम्पूर्ण देशभक्त पार्टी र आम जनसमुदायलाई हार्दिक आह्वान गर्दछ ।’
यसैगरी, विभिन्न चार वटा संघ संगठनले पनि उक्त घटनाको विरोध गरेका छन् । उनीहरुले पटक–पटक भइरहने यस प्रकारका घटनाहरु भारतीय शासक वर्गको हस्तक्षेपकारी एवम् नेपाली शासक वर्गको दलाली प्रवृत्तिको उपज भएको जनाएका छन् ।
राष्ट्रिय युवा जनस्वयंसेवकका अध्यक्ष उदय बहादुर चलाउने, क्रान्तिकारी युवा विङ्सका संयोजक माधव थापा, युवा जनसुरक्षा बलका प्रतिनिधि सुजन र नेपाल युवा कम्युनिष्ट संघ (एकीकृत) का राष्ट्रिय अधिवेशन आयोजक समिति सदस्य जित बहादुर लामाद्धारा जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा घटनामा संलग्न भारतीय सुरक्षाकर्मीमाथि कारबाही गर्न र घटनाको जिम्मेवारीप्रति भारतीय पक्षद्धारा नेपाली जनतासमक्ष सार्वजनिक माफी माग्न माग गरिएको छ ।
ती संगठनहरुले यस घटनाका सम्बन्धमा सबैलाई विरोधमा उत्रन अपिल गर्दै बिहीबार अन्तरिम मन्त्री परिषदका अध्यक्ष, भारतीय राजदूत एवम् सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा विरोध पत्र बुझाउने बताएका छन् ।
हतियारसहित १४ जना भारतीय प्रहरी बुधबार बर्दियाको गुलरियामा आई नेपाली नागरिकको घरमा खानतलासी गरेका थिए । उक्त घटनापछि स्थानीयहरु भने त्रासित बनेका छन् ।

प्रकाशित मिति:
September 18, 2013