नायिका रेखा थापाले टिकट पाइनन् नायक भुवनको खोसियो
असोज १६ । एमाओवादीमा प्रवेश गरेकी नायिका रेखा थापाले टिकट नै पाइनन् भने नायक भुवन केसीको भने एमालेले खोसिदिएको छ ।
एमाओवादीमा प्रवेश गरेदेखि नै चर्चामा रहेकी रेखा थापालाई पर्सा १ का लागि टिकट दिने चर्चा चलेपनि पार्टीले दिएन ।
यता, काठमाडौं १ का लागि एमालेले सिफारिस गरेको नायक भुवन केसीलाई दोस्रो दिन उम्मेदवारी खोसिदिएको छ ।
कार्यकर्ताको चौतर्फी दबाबका कारण दुवैले उम्मेदवारी गुमाउनु परेको हो ।
प्रकाशित मिति:
October 02, 2013