खाद्य संस्थानको गोदामको चामलमै मुसाको लिँड
असोज १९ । नेपाल खाद्य संस्थानको गोदाममा राखिएको चामलमै मुसाको लिँड फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संस्थानको गोदाममा राखिएको उक्त गुणस्तरहीन चामल शुक्रवार नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
विभागकी महानिर्देशक जीवनप्रभा लामाले संस्थानको नख्खुस्थित गोदाममा सडेको अवस्थामा फेला परेको दुई हजार चार सय ८५ किलो चामल नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए ।
मुसाको लिँडसहितको ढुसी परेको चामल फेला परेकाले नष्ट गरिएको विभागले जनाएको छ ।
सडेको चामल सेवन गर्दा मानव स्वास्थ्यलाई हानी पुर्याउने भएकाले तत्कालै जफत गरेर नष्ट गरिएको विभागको भनाई उदृत गर्दै अन्नपूर्णले खबर छापेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संस्थानको गोदाममा राखिएको उक्त गुणस्तरहीन चामल शुक्रवार नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

मुसाको लिँडसहितको ढुसी परेको चामल फेला परेकाले नष्ट गरिएको विभागले जनाएको छ ।
सडेको चामल सेवन गर्दा मानव स्वास्थ्यलाई हानी पुर्याउने भएकाले तत्कालै जफत गरेर नष्ट गरिएको विभागको भनाई उदृत गर्दै अन्नपूर्णले खबर छापेको छ ।
प्रकाशित मिति:
October 05, 2013