प्राइमद्धारा १० प्रतिशत बोनस र पाँच प्रतिशत नगदको प्रस्ताव
असोज १६ । प्राइम कमर्सियल बैंक १० प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो । हाल दुई अर्ब ३४ करोड चुक्ता पूँजी रहेको बैंकमा बोनस सेयर पारित भए पँुजी बढेर दुई अर्ब ५७ करोड पुग्नेछ । बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको बार्षिक साधारण सभाबाट पारित हुन भने अझै बाँकी छ ।
यता, चिलिमे जलविद्युत्को मंगलवार सम्पन्न सत्रौं बार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र ३० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ । गत आर्थिक वर्ष २०६९/७० मा ९६ करोड ३७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको बोनस सेयर वितरण पनि चुक्ता पूँजी दुई अर्ब २७ करोड पुग्नेछ ।

प्रकाशित मिति:
October 02, 2013