नागरिक दैनिकका पत्रकार चढेको गाडी दुर्घटना, ५ जना घाइते
मंसिर ५ । नागरिक दैनिकका पत्रकार चढेको गाडी दुर्घटना हुँदा चार पत्रकार सहित ५ जना घाइते भएका छन् ।
कार्यालयको काम सकेर निवास फर्किने क्रममा बुधबार बिहान धुम्बाराहीमा बिजुलीको पोलमा भ्यान ठोकिदाँ ५ नागरिककर्मी घाइते भएका हुन् ।
उक्त दुर्घटनामा यादव थपलिया, सन्तोष शर्मा, सुशील पोखरेल एवं नागरिकन्युज डट कमका मदन चौधरीका साथै गाडी चालक सुदीप तामाङ घाइते भएको नागरिक दैनिकको अनलाइनमा उल्लेख गरिएको छ ।
चालक घाइतेको अवस्था गम्भीर रहेको छ भने शर्मा र पोखरेल डिस्चार्ज भएका छन् । थपलिया, चौधरी र तामाङको भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।

प्रकाशित मिति:
November 20, 2013