मातृका यादवले सबैको अगाडी नै च्याते मतपत्र
मंसिर ४ । नेकपा (माओवादी)का संयोजक मातृका यादवले मतदान केन्द्रमा सबैको अगाडी नै मतपत्र च्यातेका छन् ।
निर्वाचन बहिष्कार गरेको भन्दै धनुषा क्षेत्र नं ५ स्थित सबैलाको मतदान केन्द्रमा उनले आफ्नो मतपत्र च्यातेका थिए ।
यादवले निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा मतदाताहरुकै अगाडि मतपत्र च्यातेका हुन् । आफू र आफ्नो पार्टीले निर्वाचन बहिष्कार गरेको जनाउँदै उनले आफ्नो मत अरु कसैले हाल्ने सम्भावना भएकोले आफै आएर च्यातेको यादवले बताए ।

प्रकाशित मिति:
November 19, 2013