अझै केही बिग्रिएको छैन, सहमतिको प्रयास गरौं : वैद्य
काठमाडौं, २७ कात्तिक । नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले पूर्वघोषित यातायात बन्द अझै कडा र प्रभावकारी बनाउने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा अध्यक्ष वैद्यले अझै पनि समय बाँकी रहेको भन्दै सहमतिका लागि पहल गर्न सबैसँग आग्रह समेत गरे । कार्यक्रममा बोल्दै उनले राजनीतिक सहमतिबिना मुलुकको समस्या समाधान नहुने तर्क गर्दै अहिले पनि केही बिग्रि नसकेकाले सहमतिको प्रयास गर्न आग्रह समेत गरे । वैद्यले राजनीतिक सहमतिविना द्वन्द्व समाधान नहुने भन्दैसहमतिको प्रयास गर्न नागरिक समाज, पत्रकार र राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् ।
यस विषयमा सरकारलाई गम्भीर हुन आग्रह गर्दै उनले बन्दुकको भरमा निर्वाचन गरे त्यसले द्वन्द्वको समाधानभन्दा पनि द्वन्द्व बढाउने जिकिर समेत गरे । शान्तिप्रक्रियाको एक अभिन्न अंग हामीलाई पाखा लगाएर शान्ति निष्कर्षमा पुग्न सक्दैन, कार्यक्रममा उनले भने, यसले द्वन्द्व बढाउँछ ।’
अध्यक्ष बैद्यले आफूले सहमतिका लागि आब्हान गर्दा समेत सरकार र प्रमुख दलहरुले कुनै ‘रेस्पोन्स’ नगरी दमन गर्न थालिएको भन्दै आपत्ति समेत जनाएका छन् ।
हामीलाई बेवास्ता गरियो, अब अर्को आन्दोलन गरेर फरक ढंगले अघि बढ्छौं’ उनले भने, ‘एमाओवादीलाई हामी निर्वाचनमा जाँदा हारिने र एमाले, कांग्रेसलाई दुई माओवादी मिल्छन् कि भन्ने स्वार्थले गर्दा आफुहरुलाई बाहिर पारिएको छ ।
आन्दोलन आफूहरुको रहर नभई बाध्यता भएको भन्दै जनतालाई आन्दोलनले केही कष्ट भए पनि यो बाध्यतालाई बुझ्न उनले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति:
November 13, 2013