देश टुक्राउने शक्तिलाई जनताले पराजय गराईदिए : विजुक्छे
मंसिर ८ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण विजुक्छेले एमाओवादीले निर्वाचनमा जस्तो परिणाम आएपनि त्यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।
भक्तपुर १ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग उनले एमाओवादी अध्यक्ष प्रचण्डलाई जिम्मेवार बन्न आग्रह पनि गरे ।
सो अवसरमा आत्मनिर्णय सहितको संविधान चाँडै जारी हुने भन्दै जनताले देश टुक्राउने शक्तिलाई पराजय गराइदिएको समेत बताएका छन् ।
प्रकाशित मिति:
November 23, 2013