पर्वतको ठूलीपोखरीमा गोली चल्यो, तीन जना घाइते
मंसिर ४ । पर्वतमा मतदान जारी रहेको बेला एमाओवादी कार्यकर्ताले होहल्ला गरेपछि गोली चलेको छ ।
क्षेत्र नम्बर २ अन्तर्गत ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा सुरक्षाकर्मील दिउँसो तीन राउण्ड हवाईफायर गरेको हो ।
एकीकृत माओवादीका कार्यकर्ताले हो–हल्ला गरी लाइनमा बसेका मतदातालाई तर्साएको भन्दै प्रहरीले गोली चलाउँदा त्यहाँ भागदौड समेत मच्चिएको थियो ।
सो क्रममा तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा वडा नम्बर ८ का प्रेम लामिछाने, रवण लामिछाने र होमनाथ रहेका छन् ।
केही समयसम्म मतदान कार्य रोकिएपछि त्यहाँ पुनः मतदान सुरु भएको छ ।
प्रकाशित मिति:
November 19, 2013