असोज मसान्तभित्र संविधानको पहिलो मस्यौदा ल्याउने तयारी
चैत्र २१ । सोज मसान्तभित्र संविधानको पहिलो मस्यौदा ल्याउने गरिएको छ । संविधानसभामा उक्त मितिमा मस्यौदा ल्याउने तयारीका साथ संविधान निर्माणको कार्यतालिका पेश भएको छ ।
संविधानसभा सचिवालयले कात्तिक मसान्तभित्र संविधानको मस्यौदा बनाउने गरी कार्यतालिका प्रस्ताव गरेपनि कार्यव्यवस्था परामर्श समितिको शुक्रबारको बैठकले कार्यतालिकामा केही हेरफेर गरेको छ ।
तालिका अनुसार आगामी वैशाख १५ गतेभित्र विषयगत समितिका सभापतिको निर्वाचन गर्ने प्रस्तावमा उल्लेख छ । जेठ दोस्रो साताभित्र संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समितिले अघिल्लो संविधानसभाका समितिहरुमा सहमति भएका र विवादित विषयहरु निक्र्यौल गरी संविधानसभामा पेश गर्ने र सहमति भएका विषयलाई मस्र्यौदा समितिमा विवादित विषयलाई संवैधानिक(राजनीतिक सम्वाद समितिमा पठाउने कार्यतालिका छ ।
संवैधानिक(राजनीतिक सम्वाद समितिले नयाँ संविधानका विवादित विषयमा संविधानसभामा रहेका दलहरुसँग छलफल गर्ने र बाहिर रहेका दलहरुसँग सहमति गर्ने समय भदौ तेस्रो सातासम्म तोकिएको छ । दलहरुबीच सहमति गर्ने, छलफलमा उठेका नयाँ विषयमा पनि सहमति गर्ने र सहमति हुन नसके संविधानसभामा निर्णयार्थ पेश गर्ने समय भदौं मसान्तसम्म तोकिएको छ ।
संविधानसभामा सहमति भएका विषयलाई समेटेर मस्यौदा लेखिनेछ भने राजपत्रमा प्रकाशित गरी जनताको सुझाव लिने समय असोजमहिनाभर तोकिएको छ । तर, असोज ९ गतेदेखि भने हिन्दूहरुको महान चाड घटस्थापना परेकाले यसले समेत प्रभाव हुने देखिन्छ ।
अर्कातिर, कार्यतालिका अनुसार दलहरुले काम गर्नेमा समेत आशंका छ ।
प्रकाशित मिति:
April 04, 2014