पत्रकार महासंघमा संयुक्त प्यानल हाबी, अध्यक्षमा विष्ट
वैशाख २२ । नेपाल पत्रकार महासंघमा वामपन्थीहरुले वर्चस्व कायम गरेका छन् । काठमाडौँमा गएराती सम्पन्न महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी विचारधाराका पत्रकारहरुको संयुक्त प्यानलबाट अध्यक्षमा महेन्द्र विष्ट विजयी भएका हुन् ।
उपाध्यक्षमा युनियनकी अनिता बिन्दू बिजयी भएकी छन् भने अन्य सम्पूर्ण पदाधिकारीमा प्रगतिशील पत्रकारहरूको प्यानलका उम्मेद्वारहरू विजयी भएका छन् । उपाध्यक्षमा खिलबहादुर भण्डारी विजयी भए । उनी प्रगतिशील प्यानलका तर्फबाट विजयी भएका हुन् । उनले प्रतिद्दन्द्वी रामजी दाहाललार्इ ५ मतको झिनो अन्तरले पराजित गरेका हुन । महासचिवमा पनि प्रगतिशीलकै उजीर मगर विजयी भए । सचिव खुल्लामा प्रभात चलाउने तथा समावेशीमा धर्मेन्द्र कर्ण तथा संगीता खड्का विजयी भए ।
उपत्यकामा संयुक्त प्यानलका ईश्वरी वाग्ले र रामहरी सिलवालले जिते। वाग्लेको ८७ र सिलवालको ७७ मत आएको छ । उनीहरूका प्रतिद्वन्दीले ५३ र ५१ मत पाएका छन् । पूर्वाञ्चलमा संयुक्त प्यानलका गणेश पोखरेल र गणेश लम्साल विजयी भएका छन् । पोखरेलको १०१ र लम्सालको ८४ मत आएको छ । मध्यमाञ्चलमा प्रगतिशील समूहका चीरञ्जीवी मास्के र युनियनका शीतल महतो विजयी बनेका छन् । मास्केले ९२ र महतोले १०३ मत पाएका छन् ।
पश्चिमाञ्चलबाट संयुक्त प्यानलका हरिनारयण गौतम र रुद्र भट्टले जितेका छन् । प्रतिष्ठानतर्फ संयुक्त प्यानलकै सुरज आचार्य र रोशन पुरी विजयी बनेका छन् । गौतमले ११९ र भट्टले १०८ मत पाएका छन् । कर्णालीमा प्रगतिशील प्यानलका नवराज महताराले २७ मत ल्याएर जितेका छन् भने सुदुरपश्चिममा पनि प्रगतिशील प्यानलकै प्रकाश शाह र खगेन्द्र पन्त विजयी बनेका छन् । शाहको ५४ र पन्तको ५२ मत आएको छ । एशोसिएटतर्फ युनियनका उम्मे्वार प्रदीप न्यौपाने र प्रकाश तिम्सिनाले जितेका छन् ।
प्रतिष्ठानतर्फ संयुक्त प्यानलबाट सुरज आचार्य र रोशन पुरी विजयी भएका छन् । आचार्यको १४२ र पुरीको ११४ मत आएको छ । प्रतिद्वन्दी युनियनका भूपेन्द्र आचार्यको ५८ र नारायण अर्यालको १ सय मत मात्र आएको छ ।
प्रकाशित मिति:
May 05, 2014