नायक नायिका रणवीर र दीपिकालाई पक्राऊ पूर्जी
वैशाख । भारतको एक अदालतले नायक नायिका रणवीर र दीपिकालाई गिरफ्तार गर्न आदेश दिएको छ ।
मुजफ्नगर अदालतले रामलिला चलचित्रका निर्माता सञ्जयलिला भन्सालीसहित कलाकार दिपिका पादुकोण र रणबीर सिंहलाई पक्राऊ पूर्जी जारी गरेको हो ।
नीहरुलाई अदालतले भनेको समयमा हाजिर नभएको भन्दै पक्राऊ पूर्जी जारी गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
रामलिला फिल्ममा दिएको केही दिृश्य धार्मिक आस्थामा ठेस पुर्याउने खालको भएको भन्दै फिल्मका निर्देशकसमेत रहेका भन्सालीसहित दिपिका र रणबीरविरुद्ध अदालतले यस्तो आदेश दिएको हो ।
अदालते जुन ४ सम्ममा सबैलाई अदालतमा उपस्थिति गराउनू भनी मुम्बई पुलिसलाई आदेश दिएको छ । चलचित्रको केही दृश्यमा आपत्ति जनाउदै अधिवक्ता सुधीरकुमार ओझाले मुद्दा दायर गरेका थिए ।
प्रकाशित मिति:
May 04, 2014