माओवादी सचिव विप्लवका छोरा र भजितिलाई विष खुवाइएको आशंका, दुवै जना हस्पिटलमा
विप्लव |
विप्लवका कान्छा छोरा नक्षत्र चन्द र भतिजी मञ्जु चन्द बेहोस अवस्थामा फेला परेका छन् । निवासमा बेहोस भेटिएका दुबैलाई राजधानीको ओम अस्पतालको आइसियूमा राखिएको छ ।
उनीहरुलाई बेहोस अवस्थामा छिमेकीले फेला पारेर आफन्तलाई खबर गरेको पारिवारिक स्रोतले जनाएको छ । शनिबार साँझ अभिभावक नभएको मौका छोपी अपरिचित समुहले चाबहिलस्थित निवासमा पुगि जबरजस्ती रुपमा विष सेवन गराएको अनुमान गरिए पनि पुष्टि भएको छैन ।
घटनापछि चन्द निवासमा पुगेको प्रहरीले एउटा विषको खाली बट्टा पनि भेटेको बताएको छ ।
नेता विप्लव भने पार्टी प्रशिक्षण्का लागि राजधानी बाहिर छन् । घटनापछि उनी कार्यक्रम स्थगित गरी काठमाडौं फर्कदैछन् ।
प्रकाशित मिति:
August 23, 2014